काठमाडौँ, ७ चैत । कोरोना भाइरसको कारण इंग्लिस प्रिमियर लिग फुटबल आगामी अप्रिल अन्तिम ३० सम्मका लागि स्थगित भएको छ ।
इंग्ल्यान्डको फुटबल एसोसियसन (एफए) को बिहिबार बसेको बैठकले प्रिमियर लिगसहित महिला व्यवसायिक लिग, च्याम्पियनसिपसहितका फुटबल गतिविधि अप्रिल ३० सम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो ।
एफएले प्रिमियर लिग, ईएफएल लिग, वुमन्स सुपर लिग र वुमन्स च्याम्पियनसिपसहित सम्पूर्ण प्रतियोगिता अप्रिल अन्तिमसम्मको लागि स्थगित गरेको छ ।
चीनबाट फैलिएको कोरोना भाइरसका कारण ९ मार्चयता प्रिमियर लिगका खेल हुन सकेको छैन ।







