भक्तपुर, २ चैत । सूर्यविनायक नगर क्षेत्रको उत्कृष्ट सामुदायीक विद्यालय, महेन्द्र शान्ति माविलाई एकथान प्रिन्टर/फोटोकपि÷फ्याक्स (थ्री इन वान) मेशिन उपहार प्राप्त भएको छ ।
महेन्द्र शान्ति विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष, शिक्षासेवी एवम् समाजसेवी हेमन्त कुमार कार्कीको अनुरोधमा बालकोट निवासी शिक्षासेवी दिनेश खत्रीले सो प्रिन्टर विद्यालयका प्रधानाध्यापक गोपाल विक्रम थापालाई आइतबार हस्तान्तरण गरेका हुन ।
शिक्षासेवी खत्री कुनैबेला बालकोट चोकस्थित बालकोट इंगलिस स्कुलका संस्थापक प्रिन्सिपल थिए ।
प्रिन्टर हस्तान्तरण समारोहमा प्रधानाध्यापक थापा तथा विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष कार्कीले दाता खत्रीलाई धन्यवाद दिए ।






