महेन्द्र शान्ति माविलाई प्रिन्टर उपहार

भक्तपुर, २ चैत । सूर्यविनायक नगर क्षेत्रको उत्कृष्ट सामुदायीक विद्यालय, महेन्द्र शान्ति माविलाई एकथान प्रिन्टर/फोटोकपि÷फ्याक्स (थ्री इन वान) मेशिन उपहार प्राप्त भएको छ ।

महेन्द्र शान्ति विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष, शिक्षासेवी एवम् समाजसेवी हेमन्त कुमार कार्कीको अनुरोधमा बालकोट निवासी शिक्षासेवी दिनेश खत्रीले सो प्रिन्टर विद्यालयका प्रधानाध्यापक गोपाल विक्रम थापालाई आइतबार हस्तान्तरण गरेका हुन ।

शिक्षासेवी खत्री कुनैबेला बालकोट चोकस्थित बालकोट इंगलिस स्कुलका संस्थापक प्रिन्सिपल थिए ।

प्रिन्टर हस्तान्तरण समारोहमा प्रधानाध्यापक थापा तथा विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष कार्कीले दाता खत्रीलाई धन्यवाद दिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

पोखरा, ११ कार्तिक । पोखराको न्युरोडमा स्कुटर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।  अन्नपूर्ण गाउँपालिकाको नौडाडाका आशिष कुँवरको मृत्यु

झापा, ११ कार्तिक । प्रहरीले झापाबाट दुई जना लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । भारतबाट लागुऔषध खैरो हेरोइन लिएर आउँदै

काठमाडौँ, ११ कार्तिक । अमेरिकाबाट कुरियर गरेर पठाएको गाँजा सहित प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ

काठमाडौँ, ११ कार्तिक । सुर्खेतमा चिरपट (दाउरा)ले हान्दा चोट लागेर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका