एजेन्सी, १ चैत । युभेन्ट्सका सुपर स्टार क्रिस्टियानो रोनाल्डोलाई कोरोना भाइरस नभएको पुष्टि भएको छ । कोरोना संक्रमणको आशंकामा रोनाल्डो अहिले घरमै ‘क्वारेन्टाइन’ बसेका छन् ।
परिवारलाई भेट्न पोर्चुगल पुगेका रोनाल्डो आमालाई भेटेर इटाली फर्कनुअघि कोरोनाको आशंकामा ‘क्वारेन्टाइन’ बस्नु परेको थियो ।
पोर्चुगलको मडेरा क्षेत्रीय सरकारका अध्यक्ष मिगेल अल्बुकर्कले रोनाल्डोलाई परिक्षणको क्रममा कोरोना संक्रमण नदेखिएको बताएका छन् । रोनाल्डोको स्वास्थ्यको विषयमा चासो हुनु स्वभाविक हो । हामीले उनको स्वास्थ्य अवस्थालाई राम्रोसँग नियालिरहेका छौं । अहिले उनमा संक्रमणको कुनै लक्षण र सम्भावना छैन,’ अध्यक्ष मिगेलले भनेका छन् ।





