एजेन्सी, २९ फागुन । स्पेनिस कोपा डेल रे फुटबलको फाइनल खेल कोरोना भाइरसको त्रासका कारण स्थगित भएको छ ।
स्पेनिस फुटबल फेडेरेसनले अप्रिल १८ मा गर्ने भनिएको प्रतियोगिताको फाइनल खेल अर्को सूचना नआउँदासम्मका लागि स्थगित गरिएको हो ।
यस सिजन कोपाको फाइनलमा एथ्लेटिको बिल्बाओ र रियल सोसिडाड पुगेका छन् ।






