श्रमिक शान्तिका फुटसल, वास्केटवल र टेवलटेनिसका विजयी पुरस्कृत

ललितपुर, २६ फागुन । श्रमिक शान्ति मावि च्यासलका टेवलटेनिस, बास्केटवल र फुटसलका विजयी खेलाडी विद्यार्थीलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुकृष्ण व्यञ्जनकार र प्रधानाध्यापक सानुलाल व्यञ्जनकारले ट्रफि, पदक तथा प्रमाणपत्र वितरण गरे ।

कक्षा ६ देखि १० सम्म टेवलटेनिस छात्रतर्फ मोहन राउत, रविन मग्राति तथा छात्रातर्फ सोनिया थिङ्ग र विमला राई पहिलो, दोस्रो र तेस्रो भए । यसैगरि कक्षा ६ देखि १० सम्मको वास्केटवल प्रतियोगितामा छात्रतर्फ विमला पाण्डे, विमल कार्की, दावा लामा, सागर तामाङ्ग र आश्वासन अधिकारीको टोली पहिलो तथा अनिश रसाईली, मनिश लामा, आशिष बि.क, निखिल लामा र दिनेश लामाको टोली दोस्रो भयो । आश्वासन अधिकारी सर्वाधिक स्कोरर बने ।

यसैगरि छात्रतर्फको फुटसलमा सुशील, विक, विज्ञान भुजेल, निमा शेर्पा, अमित लामा र विमन राईको टोली पहिलो तथा आश्वासन अधिकारी, बसन्त भ्लोन, समिर तामाङ्ग, विमल क्षेत्री र अनिश रसाइलीको टोली दोस्रो भयो । विमन राई सर्वाधिक स्कोरकर्ता ठहरिए ।

कक्षा १२ सम्मको टेवलटेनिस प्रतियोगितामा मनिष लामा पहिलो र सरोज लामा दोस्रो भए भने फुटसलतर्फ उपदेश राई, टिकाराम रुम्वा, यमकुमार मगर, सुमन तामाङ्ग, सुजन आलेमगर र विराज चौधरीको टोली पहिलो तथा आयुष श्रेष्ठ, रोहित तामाङ्ग, ऋतिक घोडासैनी, गगन श्रेष्ठ, सुदिप जोशी र खडक क्षेत्रीको टोली दोस्रो भएको सहायक प्रधानाध्यापक पवन विक्रम कार्कीले बताए । टिकाराम रुम्वा सर्वाधि स्कोरर दरिए ।

यसैगरि १२ कक्षासम्मको बास्केटवलतर्फ रोशन रानामगर, प्रकाश भुजेल, दिपक राई, सुजन माझि, प्रविन राउत र टिकाराम रुम्वाको टोली पहिलो तथा कुमार सुनुवार, सनम तामाङ्ग, सुरज लामा, निरोज लिम्वु र आयुष प्रधानको टोलीले दोस्रो पुरस्कार जित्यो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असाेज । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी स्वदेश फर्किएका छन् । उनी केहीबेर अघिमात्रै त्रिभुवन अन्तर्राष्ट्रिय

काठमाडौँ, १० असाेज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत काठमाडौँ क्षेत्र नं.-३ मा युवा नेताहरूले सर्वसम्मतिका नाममा नेतृत्व चयन गर्ने प्रयासको

सिन्धुली, १० असोज। नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनअन्तर्गत सिन्धुली क्षेत्र नं. १ बाट खस आर्य तर्फ प्रदेश महाधिवेशन प्रतिनिधि पदमा

काठमाडौँ, १० असोज । परराष्ट्रमन्त्री शिशिर खनालले विकासशील मुलुकहरूको विश्व आर्थिक शासन व्यवस्थामा आवाज र प्रतिनिधित्व बढाउने गरी अन्तर्राष्ट्रिय वित्तीय संरचनामा