नेश्नल प्याव्सन ललितपुर जिल्ला समितिको चौथो जिल्ला अधिवेशन सम्पन्न

ललितपुर, २५ फागुन । नेश्नल प्याव्सन ललितपुर जिल्ला समितिको चौथो जिल्ला अधिवेशन सम्पन्न भएको छ ।

शुक्रबार नेश्नल प्याव्सनका जिल्ला अध्यक्ष राजेश मर्हजनको अध्यक्षतामा नेश्नल प्याव्सन केन्द्रीय अध्यक्ष ऋतुराज सापकोटाको प्रमुख आतिथ्यतामा गोदावरी भिलेज रिसोटमा सम्पन्न भयो ।

कार्यक्रममा बोल्दै केन्द्रीय महासचिव सुवास न्यौपानेले ललितपुर जिल्ला एउटा सम्भावना वोकेको जिल्ला भएको र नयाँ बन्ने समितिले ती विविध सम्भावनालाई उजागर गर्न सक्ने बताउनु भयो ।

प्रदेश नं. ३ का अध्यक्षले विभिन्न क्रियाकलापका माध्यमबाट संगठनलाई चलायमान गराइ रहनु पर्ने र त्यसका लागि धेरै संख्यामा सदस्य विद्यालय हुनु पर्छ भन्नु भन्दा पनि अठोटको जरुरी हुने कुरा बताउनुभयो ।

केन्द्रीय अध्यक्षले हालैमात्र शिक्ष मन्त्रालयले गरेको निर्णय चैत्र ५ गते सम्ममा परीक्षा सक्नु पर्ने र तत्पश्चात विद्यालय बन्द गर्नुपर्ने छ, त्यो आफैमा कोरोना भाइरस जतिकै सन्त्रासपूर्ण रहेको बताउनु भयो । यो एउटा संवेदनशिल घडी रहेकोले वर्तमान परिस्थितिलाई मध्यनजर गरेर मात्रै निर्णय बाहिर ल्यउनुपर्नेमा एउटा बाध्यात्मक परिस्थिति सिर्जना गरिदिनुले विद्यालय र विद्यार्थीमात्र नभएर यसले अन्य पक्षलाई पनि असर पारेको यथार्थता औल्याउनु भयो ।

अधिवेशनले नयाँ समितिमा अध्यक्षमा तारा सापकोटा (धापाखेल अंग्रेजी स्कूल), उपाध्यक्ष संगम महर्जन (पारिजत अंग्रेजी स्कूल), सचिवमा इन्द्रप्रसाद काफ्ले (पूर्णचण्डी आवासीय मा.वि) तथा कोषाध्यक्षमा मुकुन्द शर्मा खनाल (मञ्जुश्री अंग्रेजी मिडियम स्कूल)लाई सर्वसम्मत चयन ग¥यो ।

नवनिर्वाचित अध्यक्ष तारा सापकोटाले सबैको साथ र सहयोगको अपेक्षा गर्दै सदस्य विद्यालयको विश्वासको अवमुल्यन गर्ने छैन भनि विश्वास दिलाउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ भदौ । सभामुख डोलप्रसाद एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने भएका छन् । सभामुख

काठमाडौँ, १६ भदौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले रसुवामा बाढीबाट भएको क्षति अकल्पनीय रहेको बताउँदै प्रभावित नागरिकको तत्काल उद्धार,

काठमाडौँ, १६ भदौ । प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सोमबार एकै दिन ६० करोड २ लाख रुपैयाँ सङ्कलन भएको छ

काठमाडौँ, १५ भदौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई मोबाइल बैंकिङ एप मार्फत सिधै प्रधानमन्त्री राहत कोषमा पैसा जम्मा