काठमाडौँ, २३ फागुन । इङ्लिस प्रिमियर लिगले खेल अगाडी खेलाडी र खेलका अफिसियलबीच हात नमिलाउने भएको छ । देशमा कोरोनाभाइरसको संक्रमणको बढेसँगै लिगले यो निर्णय लिएको हो ।
सरकारले लिगलाई संक्रमण रोकथामका लागि योजनाहरु अघि सार्न आग्रह गरेको भोलिपल्ट यो निर्णय लिइएको हो । अब टोलीले पहिलेजस्तै मैदानमा लाइनमा बसे पनि हात नमिलाइ अघि बढ्नेछन् ।
हालसम्म कोरोनाभाइरसबाट ८७ देशमा ९० हजारभन्दा बढी संक्रमित भएका छन् । यसमध्ये धेरै जसो भाइरसको केन्द्रविन्दु चीनका रहेका छन् ।






