पवन प्रकृतिका स्काउटले पकाए भाँडा विना खानेकुरा

ललितपुर, २० फागुन । पवन प्रकृति स्कुल इमाडोल अन्तर्गतको पवन स्काउट ट्रुपमा आवद्ध स्काउटहरुका लागि विना भाडा खाना पकाउने प्रतियोगिता आयोजना गरिएको छ ।

विद्यालय प्रांगणमा आयोजित उक्त प्रतियोगितामा स्काउटहरुले रोटी पकाउनुका साथै अण्डाको अम्लेट र गोलभेडाको अचार बनाएका थिए ।

प्रतियोगिताको लागि ८ वटा स्काउटको समूहलाई २ सय ग्रामको दरले पिठो र ४५ मिनेटको समय दिइएको थियो । अरु सामाग्री स्काउट विद्यार्थी आफैंले जुटाएका थिए भने उनीहरुले दाउरा बालेर इँटामा रोटी पकाएका थिए ।

 

स्काउटलाई जस्तोसुकै अभावको परिस्थितिमा पनि भोकै वस्न नपरोस र पकाउने भाँडाकुडा नहुँदा पनि खाना पकाउन सकुन भनेर विना भाडा खाना पकाउन सिकाए अनुसार सो प्रतिष्पर्धाको आयोजना गरिएको स्काउट गुरु भक्तपुर जिल्ला स्काउटका समन्वय आयुक्त शीवकुमार त्वायनाले बताए । कुकिङ्ग प्रतिष्पर्धाको पत्रकार एव्म स्काउट गुरु बलराम प्यासीले मुल्यांकन गरेका थिए । जसअनुसार कोइली समूह विजयी भएको थियो ।

प्रतिष्पर्धामा विजयी स्काउटलाई विशेष समारोहमा पुरस्कार दिनुको साथै सहभागी सबैलाई कुकिङ्ग व्यायज दिइने विद्यालयका भाइस प्रिन्सिपल विष्णुभक्त राईले बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ असोज । रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै गएको छ । नेपाल

काठमाडौँ, ५ असोज । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । संसद् सचिवालयका अपराह्न १

काठमाडौँ, ४ असाेज । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पत्रकारले प्रश्न सोध्दा पत्रकारिताको मर्यादा र अभ्यासलाई ध्यान दिनुपर्ने

काठमाडौँ, ४ असाेज । संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ अधिवेशनमा नेपालको प्रतिनिधित्व गर्दै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सम्बोधन गर्ने तय भएको छ