करियर महोत्सवमा ८ सय विद्यार्थीको ८ घण्टा प्रस्तुति

काठमाडौँ, १८ फागुन । पेप्सीकोला, टाउनप्लानिङ्गस्थित करियर विल्डिङ्ग इन्टरनेशनल एकेडेमी (करियर स्कुल) ले शनिबार विद्यालय हातामा आयोजना गरेको महोत्सव ‘करियर फेट—२०७६’ मा विद्यालयका सबैजसो विद्यार्थी पालैपालो कुनै न कुनै रुपमा सहभागी भए । विहान १० बजेदेखि शुरु भएको ‘करियर फेट’ साँझ ६ बजे भव्य रुपमा सकिएको थियो ।

गीत, नृत्य, कविता, सडक नाटक,गीती नाटक समेत गरि विभिन्न ६३ वटा प्रस्तुतिमा विद्यालयका सबैजसो विद्यार्थी सहभागि थिए भने हरेक कार्यक्रमको बारेमा बताउन २÷२ जना विद्यार्थी गरि १ सय २६ जना विद्यार्थीको प्रस्तुतकर्ता बनेका थिए ।

नर्सरीदेखि नौ कक्षासम्मका सबै विद्यार्थीले गायन, नृत्य, ठट्यौली र नाटक मञ्चन गरेर आफ्ना साथीहरुको साथै शिक्षक र अभिभावकलाई आफुले वर्षदिनमा विद्यालयमा सिकेका कुरा प्रस्तुत गरे ।

कक्षा ८ का विद्यार्थीहरुले वाल हिंसा अन्त्यको लागि घरेलुकामदारसंग सम्वन्धित सडक नाटक मञ्चन गर्दा धेरैको आँखा रसाएको थियो भने साना विद्यार्थीहरुको उत्कृष्ट नृत्य र गायन हेर्दा दर्शकहरु दंग देखिन्थे ।

विद्यालयले आयोजना गरेको महोत्सव विद्यालय वरिपरिका छिमेकी र वटुवा समेत झुम्मिएर हेर्दै थिए । कक्षा ३ देखि ५ सम्मका विद्याथर््ीहरुले सामूहिक रुपमा प्रस्तुत गरेको ‘पश्चिम कोही पुर्व घर’ बाट शुरु गरिएको करियर फेट नौ कक्षाका विद्यार्थी आयाज पुनले गाएको गीत ‘के यो माया हो’ पछि अन्त्य भएको थियो ।

महोत्सवमा सहभागीहरुका लागि फुड स्टलको साथै फेस पेन्टिङ्ग र अन्य मनोरञ्जनका स्टलहरु पनि राखिएको थियो । अभिभावक दिवसमा भन्दा यस्ता महोत्सवहरु अभिभावकहरुले मन पराउने र सवै विद्यार्थीले पनि पालैपालो आफ्ना प्रस्तुति देखाउन पाउने भएकोले विद्यालयले अभिावक दिवसलाई भन्दा हरेक वर्ष विद्यालयको महोत्सवलाई जोड दिन थालेको विद्यालयका संस्थापक अध्यक्ष तेज श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ भदौ । सभामुख डोलप्रसाद एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने भएका छन् । सभामुख

काठमाडौँ, १६ भदौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले रसुवामा बाढीबाट भएको क्षति अकल्पनीय रहेको बताउँदै प्रभावित नागरिकको तत्काल उद्धार,

काठमाडौँ, १६ भदौ । प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सोमबार एकै दिन ६० करोड २ लाख रुपैयाँ सङ्कलन भएको छ

काठमाडौँ, १५ भदौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई मोबाइल बैंकिङ एप मार्फत सिधै प्रधानमन्त्री राहत कोषमा पैसा जम्मा