त्रिवि केन्द्रीय क्याम्पसमा अध्ययनरत प्रदेश एकका विद्यार्थी संगठित

काठमाडौँ, १७ फागुन । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय केन्द्रीय विभागमा अध्ययनरत प्रदेश नं. १ का विद्यार्थी संगठित भएका छन् ।

प्रदेशका १४ वटा जिल्लाका विभिन्न गाउँ र शहरबाट त्रिवि केन्द्रीय क्याम्पसमा अध्ययनरत विद्यार्थीको एकता, सहकार्य र रचनात्मक कार्य गर्नकालागि सबै विद्यार्थीहरुलाई एकिकृत गर्ने प्रयास थालिएको एमएड दोश्रो सेमेष्टर अध्ययनरत तेह्रथुमका मनकुमार फोम्बोले बताए ।

विद्यार्थीहरुको भेलाले रोहित काफ्लेको अध्यक्षतामा तदर्थ समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा रोशन राना र भक्तिप्रसाद रेग्मी, सचिवमा भविशंखर राई, सहसचिवमा देव लिम्बु, सुरक्षा निरौला र अशिम आचार्य तथा कोषाध्यक्षमा सपना ताजपुरिया चयन भएका छन् ।

यस्तै भेलाले सांस्कृतिक तथा साहित्य विभाग प्रमुखमा विपिन विक, खेलकुद विभाग प्रमुखमा लोकेन दाहाल, प्रचार प्रसार विभागमा दिपक लिम्बु, आर्थिक विभागमा सपना ताजपुरियालाई चयन गरेको छ । समितिको सदस्यहरुमा पवन अधिकारी, प्रेक्षा राई, हिमाल खड्का, मिना कार्की, सुजन अधिकारी र युवराज कार्की सदस्य रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ भदौ । सरकारले त्रिभुवन विश्वविद्यालय (त्रिवि)सहित ६ वटा विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त गरेको छ । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति

काठमाडौँ, १६ भदौ । नेकपा (एमाले)ले उद्धार तथा राहत कार्यको स्थलगत अनुगमन, सूक्ष्म निगरानी र सरकारलाई आवश्यक समन्वय तथा सहजीकरण गर्न

काठमाडौँ, १६ भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले भोटेकोशी बाढीले आगामी दिनमा जलवायु अनुकूलनयुक्त संरचना निर्माणमा जोड दिनुपर्ने पाठ

काठमाडौँ, १६ भदौ । सभामुख डोलप्रसाद एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने भएका छन् । सभामुख