काठमाडौँ, १४ फागुन । युरोपियन च्याम्पियन्स लिगमा चेल्सी घरेलु मैदानमै बायर्न म्युनिखसँग पराजित भएको छ ।
मंगलबार राति चेल्सी घरेलु मैदानमै बायर्नसँग ३–० ले पराजित भएको हो । बायर्नका लागि सर्जी जिनाव्रीले दुई तथा रोवर्टो लेवान्डोस्कीले एक गोल गरे ।
८३औं मिनेटमा मार्कोस अलन्सो सिधैं रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि चेल्सी १० खेलाडीमा समेटियो ।






