काठमाडौँ, १३ फागुन । आयरल्यान्डका केभिन ओ ब्रायनले काठमाडौँ किंग्स इलाभेनबाट एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेट खेल्ने भएका छन् ।
आज काठमाडौँले एक विज्ञप्ति निकाल्दै केभिनलाई यो सिजनका लागि क्लबमा अनुबन्ध गरेको बताएको हो । काठमाडौँले उनलाई पहिलो विदेशी खेलाडीको रूपमा अनुबन्ध गरेको हो ।
ईपीएल चैत १ गतेदेखि १५ गतेसम्म टीयू क्रिकेट मैदानमा हुनेछ ।






