काठमाडौँ, ११ फागुन । क्रिस्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा सिरी ‘ए’ फुटबलमा युभेन्टस विजयी भएको छ ।
शनिबार राति भएको खेलमा युभेन्टसले एसपीएएललाई दुई–एक गोल अन्तरले हरायो । युभेन्टसको जितमा रोनाल्डो र आरोन राम्सेले गोल गरे ।
करियरको सिनियरतर्फ एक हजार खेल पूरा गरेका रोनाल्डोले शनिबारको खेलमा एक गोल गर्दै गोल सङ्ख्या ७ सय २५ पुर्याएका छन् ।






