युरो किड्सका विद्यार्थीको कराते बेल्ट ग्रेडिङ्ग

भक्तपुर, ९ फागुन । भक्तपुर युरो किड्स सल्लाघारीका युरो सिनीयरदेखि ३ कक्षासम्मका साना कराते खेलाडीको बेल्ट प्रमोशन गरिएको छ ।

मदन भण्डारी स्पोर्टस एकेडेमीका महासचिव वचन देउजाको प्रमुख आतिथ्यतामा भएको कराते बेल्ट ग्रेडिङ्गमा कराते खेलसंग सम्वन्धित व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

कराते बेल्ट ग्रेडिङ्गमा धनुषा जिल्ला खेलकूद विकास समितिका अध्यक्ष कमल किशोर चौधरी, खेलपत्रकार श्रीलोचन राजोपाध्याय, स्थानीय समाजसेवीहरु सुनिल अधिकारी, यादव प्रसाद अधिकारी, अञ्जान बस्नेतलगायतको सहभागिता थियो ।

विद्यालयका अध्यक्ष नवराज काफ्लेको सभापतित्वमा सम्पन्न कराते बेल्ट ग्रेडिङ्गमा विद्यालयकी संस्थापक प्रिन्सिपल सम्झना गिरीले साना विद्यार्थीहरुमा खेलकूदको महत्वबारे प्रकाश पारेकी थिईन । कार्यक्रमको संयोजन रविन पोखरेलले गरेका थिए । हप्तामा दुईदिन कराते गुरु रविन पोखरेलले ति विद्यार्थीहरुलाई कराते सिकाउँदै आएका छन् ।

कार्यक्रममा शारिरीक सुगठनका विजेता खेलाडी डेभिड बलामी र कविन्द्र बस्याल तथा कराते प्रशिक्षकहरु घुर्मी शेर्पा, प्रकाश श्रेष्ठ, सुनिल नकर्मी, मकर श्रेष्ठ र कविन्द्र बस्याललाई विद्यालयको तर्फबाट अध्यक्ष काफ्ले र संस्थापक प्रिन्सिपल गिरीले सम्मान गरेका थिए । कार्यक्रममा भिएचएस जर्मनीका स्वयमसेवक शैला वेफेन र लिना हयाभ्करको पनि उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ भदौ । नेपाली कांग्रेसका सांसदहरूले हालैको अविरल वर्षा र बाढी पहिरोबाट प्रभावितहरूको राहत र पुनर्स्थापनाका लागि आफ्नो आधा

काठमाडौँ, १५ भदौ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भोटेकोशी बाढीपीडितको राहत तथा उद्धारका लागि १ लाख रुपैयाँ सहयोग गरेका छन् ।

काठमाडौँ, १५ भदौ । बंगलादेशको संसद्‍‍ले नेपालमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेहरूप्रति गहिरो दु:ख व्यक्त गर्दै शोक प्रस्ताव सर्वसम्मतिले पारित

काठमाडौँ, १५ भदौ । नेपाली कांग्रेसको क्रियाशील सदस्यता व्यवस्थापन समितिको आइतबार बसेको बैठकले पार्टीको  क्रियाशील सदस्यता अद्यावधिक नगरेका इतर समूहका