एजेन्सी, ६ फागुन । प्रिमियरल लिग फुटबलमा म्यान्चेस्टर युनाइटेडले जित हात पारेको छ ।
सोमबार राति भएको खेलमा युनाइटेडले चेल्सीलाई २–० गोल अन्तरले पराजित गरेको हो । चेल्सीको घरेलु मैदानमा भएको खेलमा युनाइटेडलाई जित दिलाउन एन्थोनी मार्सियल र ह्यारी मगुरेले एक एक गोल गरे ।
जितसँगै युनाइटेडले २६ खेलबाट ३८ अंक जोडेको छ । युनाइटेड लिगको सातौं स्थानमा छ । चौथो स्थानमा रहेको चेल्सीको ४१ अंक छ ।






