एसीसी इस्टर्न रिजन टी–२० कप क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक

काठमाडौँ, ६ फागुन । थाइल्याण्डमा यही फेब्रुअरी २९ देखि मार्च ६ तारिखसम्म आयोजना हुने एसीसी इस्टर्न रिजन टी–२० कप क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।

एसियन क्रिकेट काउन्सिल (एसीसी) ले सार्वजनिक गरेको तालिका अनुसार नेपालले पहिलो खेल फेब्रुअरी २९ मा मलेसियासँग खेल्नेछ ।

नेपालसहित आयोजक थाइल्याण्ड, मलेसिया, सिंगापुर र हङकङ सहभागी प्रतियोगितामा नेपालले दोस्रो खेल मार्च १ मा हङकङ, तेस्रो खेल मार्च ४ मा थाइल्याण्ड र अन्तिम खेल मार्च ६ मा सिंगापुरसँग खेल्नेछ । शीर्ष दुई टोली एसिया कपमा छनोट हुने छन् ।

ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको नेपाली टोलीमा उपकप्तान दिपेन्द्र सिंह ऐरी, पारस खड्का, आरिफ शेख, बिनोद भण्डारी, सन्दीप लामिछाने, करण केसी, अभिनास बोहरा, कुशल मल्ल, पवन सरार्फ, सुशन भारी, किशोर महतो, भुवन कार्की र सन्दीप जोरा छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ असोज । २०औं एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटतर्फका खेलहरू आजदेखि सुरु भएका छन् । जापानको आइचीस्थित निशिनमा रहेको कोरोगी

काठमाडौँ, ६ असोज । काठमाडौँको बौद्ध स्थित महेन्द्र माध्यमिक विद्यालयका एक सय ५० जनाभन्दा बढी छात्रालाई महिला हिंसाविरुद्ध आत्मरक्षा तथा

काठमाडौँ, ३ असोज । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले खेलाडी राष्ट्रका गौरव र गहना भएको बताउँदै स्थानीय तहबाटै खेलाडीको

काठमाडौँ, ३० भदौ । एसियन गेम्स क्रिकेट प्रतियोगिता खेल्ने नेपाली टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आज दीपेन्द्र