धार्मिकसभा रोक्न गृह मन्त्रालयको सर्कुलर

सप्तरी, २ फागुन । मुस्लिम समुदायले सप्तरीमा गर्न लागेको धार्मिक सभा आयोजकले प्रतिवद्वता पूरा नगरेको भन्दै अगाडि नबढाउन गृह मन्त्रालयले आदेश दिएको छ ।

धार्मिक सभामा नेपालसहित भारतका मात्रै मुस्लिम धर्माम्बलीको सहभागिता हुने बताइए पनि विश्वका धेरै देशका मुस्लिम धर्मावलम्बीहरुको सहभागिता गराइएको भन्दै गृह मन्त्रालयले कार्यक्रम नगर्न निर्देशन दिएको स्रोतले बताएको छ ।

गृह मन्त्रालयले बिहीबार जिल्ला प्रशासन कार्यालय सप्तरीलाई पत्राचार गरी कार्यक्रम स्थगित गर्न भनेको सप्तरीका प्रमुख जिल्ला अधिकारी सुनिल खनालले जानकारी दिनुभयो । आयोजकहरुद्वारा नेपाल र भारतका मात्रै मुस्लिम धर्माम्बली बोलाउने जनाइए पनि विश्वका विभिन्न देशबाट मुस्लिमहरु आएका कारण मन्त्रालयबाट यो कार्यक्रम नगर्न भनिएको प्रजिअ खनालले बताउनुभयो ।

गृह मन्त्रालयले कार्यक्रम स्थगन गर्ने आदेश दिएपछि सम्भावित दुर्घटना हुन नदिन प्रशासनले बोदे बर्साइन नगरपालिकाको जाँजरमा ठूलो संख्यामा प्रहरी खटाएको छ । बिहीबार दिउँसो ४ बजेदेखि नेपाल(भारत सीमासमेत सिल गरिएको सप्तरी जिल्ला प्रशासनले जनाएको छ ।

सप्तरीको बोदे बर्साइन नगरपालिकामा आगामी फागुन ३ गतेदेखि ५ गतेसम्म यो धार्मिक सभाको आयोजना गरिने तयारी थियो । यसका निम्ति सबै तयारी पूरा भइसकेको आयोजक समितिले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ असार । यातायात व्यवस्था विभागले अन्तर प्रदेश सार्वजनिक यातायातको भाडा समायोजन गरेको छ । विभागले आज जारी गरेको

काठमाडौँ, १८ असार । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य सुधार देखिएको छ । आज नेप्से सूचक ८.७८ अङ्कले

काठमाडौँ, १८ असार । सरकारले नेपाल प्रहरीका ८ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरूलाई सरुवा गरेको छ । आज बसेको

काठमाडौँ, १८ असार । ‘सम्पत्ति शुद्धीकरण निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ प्रतिनिधिसभाबाट पारित भएको छ । आज बसेको प्रतिनिधिसभा बैठकमा