साग फुटबलमा स्वर्ण जित्ने खेलाडीलाई जनही साढे ५ लाख दिइने

काठमाडौँ, २६ माघ । अखिल नेपाल फुटबल संघ एन्फाले १३औं दक्षिण एसियाली फुटबल सागमा स्वर्ण जित्ने टिमका प्रत्येक खेलाडीलाई नगद ५ लाख ५० हजार रुपैयाँ दिने भएको छ ।

एन्फाको आज बसेको कार्यसमितिको बैठकले घरेलु भूमिमा स्वर्ण जित्ने खेलाडीलाई नगदबाट सम्मान गर्ने निर्णय गरेको हो । यस्तै १३औं सागमै महिला फुटबलमा रजत जितेको महिला टिमका खेलाडी नगद १ लाख ५० हजारका दरले सम्मान गरिने भएको छ ।

यस्तै बी डिभिजन लिगको विजेतालाई १५ लाख दिने र सहभागी सबै क्लबलाई १० लाखका दरले प्रदान गरिने समेत एन्फाले निर्णय गरेको छ । यसैगरी सी डिभिजनमा सहभागी टिमलाई ७ लाख प्रदान गरिने भएको छ । यसैगरी महिला लिग फुटबलको विजेतालाई नगद १५ लाख प्रदान गर्ने निर्णय समेत भएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ असोज । २०औं एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटतर्फका खेलहरू आजदेखि सुरु भएका छन् । जापानको आइचीस्थित निशिनमा रहेको कोरोगी

काठमाडौँ, ६ असोज । काठमाडौँको बौद्ध स्थित महेन्द्र माध्यमिक विद्यालयका एक सय ५० जनाभन्दा बढी छात्रालाई महिला हिंसाविरुद्ध आत्मरक्षा तथा

काठमाडौँ, ३ असोज । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले खेलाडी राष्ट्रका गौरव र गहना भएको बताउँदै स्थानीय तहबाटै खेलाडीको

काठमाडौँ, ३० भदौ । एसियन गेम्स क्रिकेट प्रतियोगिता खेल्ने नेपाली टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आज दीपेन्द्र