भारतीय क्रिकेट टाेलीलाई आईसीसीकाे ठूलाे कारबाही

काठमाडौँ, २३ माघ । भारतमाथि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले जरिबाना लगाएको छ ।

पहिलाे एकदिवसीयमा ‘स्लो ओभर रेट’ मा बलिङ गरेको भन्दै भारतमाथि आईसीसीले खेलको ८० प्रतिशत ‘म्याच फी’ काे जरिबाना लगाएको हो । आईसीसी एलाइट प्यानलका म्याच रेफ्री क्रिस बोर्डका अनुसार भारतले चार ओभर ‘स्लो रेट’ मा गरेको भन्दै जरिबाना लगाइएकाे हाे ।

आईसीसीको ‘कोड अफ कन्डक्ट’ अन्तर्गत २.२२ मा आधारित भएर भारतमाथि जरिबाना लगाइएको हो । आईसीसीले तोकेको भन्दा कम रेटमा बलिङ गरेको भन्दै प्रत्येक खेलाडीलाई २० प्रतिशत जरिबाना लगाएको हो ।

भारतीय कप्तान विराट कोहलीले पनि गल्तीलाई स्वीकार्दै जरिबाना तिर्न तयार रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असाेज । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी स्वदेश फर्किएका छन् । उनी केहीबेर अघिमात्रै त्रिभुवन अन्तर्राष्ट्रिय

काठमाडौँ, १० असाेज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत काठमाडौँ क्षेत्र नं.-३ मा युवा नेताहरूले सर्वसम्मतिका नाममा नेतृत्व चयन गर्ने प्रयासको

सिन्धुली, १० असोज। नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनअन्तर्गत सिन्धुली क्षेत्र नं. १ बाट खस आर्य तर्फ प्रदेश महाधिवेशन प्रतिनिधि पदमा

काठमाडौँ, १० असोज । परराष्ट्रमन्त्री शिशिर खनालले विकासशील मुलुकहरूको विश्व आर्थिक शासन व्यवस्थामा आवाज र प्रतिनिधित्व बढाउने गरी अन्तर्राष्ट्रिय वित्तीय संरचनामा