विश्वकप लिग–२ मा आज नेपाल र ओमान भिड्दै

काठमाडौँ, २२ माघ । आईसीसी विश्वकप लिग–२मा आज नेपाल र ओमान भिड्दै छ ।

नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणात्मक सिरिज कीर्तिपुर मैदानमा बुधबारदेखि सुरु हुन लागेको हो ।

प्रतियोगिताको उद्घाटन खेलमा घरेलु टोली नेपालले ओमानसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र ओमानबीचको खेल बिहान १० बजेदेखि सुरु हुने छ ।

नेपाली टिममा ज्ञानेन्द्र मल्ल (कप्तान), दीपेन्द्र सिंह ऐरी, पारस खड्का, विनोद भण्डारी, आरिफ शेख, करण केसी, कुशल मल्ल, अभिनास बोहरा, ललित नारायण राजवंशी, कमलसिंह ऐरी, शरद भेषवाकर, सन्दीप लामिछाने, रोहित कुमार पौडेल र सुशन भारी रहेका छन  ।

 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ असोज । २०औं एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटतर्फका खेलहरू आजदेखि सुरु भएका छन् । जापानको आइचीस्थित निशिनमा रहेको कोरोगी

काठमाडौँ, ६ असोज । काठमाडौँको बौद्ध स्थित महेन्द्र माध्यमिक विद्यालयका एक सय ५० जनाभन्दा बढी छात्रालाई महिला हिंसाविरुद्ध आत्मरक्षा तथा

काठमाडौँ, ३ असोज । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले खेलाडी राष्ट्रका गौरव र गहना भएको बताउँदै स्थानीय तहबाटै खेलाडीको

काठमाडौँ, ३० भदौ । एसियन गेम्स क्रिकेट प्रतियोगिता खेल्ने नेपाली टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आज दीपेन्द्र