सीटीईभीटीका २४ हजार भर्ना कोटा : विद्यार्थी नै आउँदैनन्

काठमाडौँ, २२ माघ । सरकारले अर्बौं लगानी गरेर प्राविधिक शिक्षा र व्यावसायिक तालिम सञ्चालन गरे पनि कोटाअनुसार विद्यार्थी नै भर्ना नहुने गरेको पाइरहेको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) मार्फत सरकारले विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको भए पनि ६८ प्रतिशतमात्र भर्ना हुने गरेको पाइएको हो ।

सीटीईभीटीमार्फत सञ्चालन हुने प्राविधिक एसएलसी र डिप्लोमा तहका विभिन्न शैक्षिक कार्यक्रममा ३२ प्रतिशत अर्थात् २४ हजार कोटामा भर्ना आवेदन नै नपर्ने गरेको देखिन्छ । एसएलसी तहका ९ सय कार्यक्रममा ३५ हजार र डिप्लोमा तहमा ९३८ कार्यक्रममा ३८ हजार ९७६ भर्ना क्षमता रहेको छ । यी दुवै तहमा गरेर २४ हजार कोटामा भर्ना आवेदन नै आउँदैन ।

नेपालमा प्राविधिक क्षेत्रमा कार्यरत मध्यमस्तरको जनशक्तिमध्ये ७० प्रतिशत अर्थात् २५ लाख तालिमविहीन भइरहेको अवस्थामा माग अनुसार भर्ना आवेदन नआउने सीटीईभीटीका सदस्यसचिव पुष्परमण वाग्लेले जानकारी दिए । आजको कारोबार दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ भदौ । नेपाली कांग्रेसका सांसदहरूले हालैको अविरल वर्षा र बाढी पहिरोबाट प्रभावितहरूको राहत र पुनर्स्थापनाका लागि आफ्नो आधा

काठमाडौँ, १५ भदौ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भोटेकोशी बाढीपीडितको राहत तथा उद्धारका लागि १ लाख रुपैयाँ सहयोग गरेका छन् ।

काठमाडौँ, १५ भदौ । बंगलादेशको संसद्‍‍ले नेपालमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेहरूप्रति गहिरो दु:ख व्यक्त गर्दै शोक प्रस्ताव सर्वसम्मतिले पारित

काठमाडौँ, १५ भदौ । नेपाली कांग्रेसको क्रियाशील सदस्यता व्यवस्थापन समितिको आइतबार बसेको बैठकले पार्टीको  क्रियाशील सदस्यता अद्यावधिक नगरेका इतर समूहका