प्याराग्लाइडिङ विश्वकप फागुन दोस्रो साता पोखरामा

पोखरा, २० माघ । प्याराग्लाइडिङ विश्वकप एशियन टुर तथा नेपाल ओपन प्याराग्लाइडिङ च्याम्पियनसिपको १९ औं संस्करण अगामी फागुन ११ देखि १७ गतेसम्म पोखरामा हुने भएको छ ।

नेपाल हवाई खेलकूद संस्थाको आयोजनामा नेपाल प्याराग्लाइडिङ तथा ह्याण्डग्लाइडिङ सङ्घ र नेपाल प्याराग्लाइडिङ पाइलट्स क्लबको सहयोगमा सो प्रतियोगितामा हुने छ ।

नेपालसहित, चीन, जापान, भारत, कोरिया, अमेरिका, बेलायत, स्वीटजरल्याण्ड, फ्रान्स, जर्मनी, अष्ट्रेलिया, रसिया, इरान, भियतनाम, चाइनिज ताइपेइ, इन्डोनेसियालगायतका ३० देशका १२५ चालक सहभागी हुनेछन् ।

प्रतियोगितामा नेपालका १२ खेलाडी सहभागी हुँदैछन् । एशियन टुरबाट छनोट भएका खेलाडी ‘पोइन्ट’ र ‘र्‍याङकिङ’का आधारमा सन् २०२१ मा हुने प्याराग्लाइडिङ वल्र्ड कपको सुपर फाइनलमा प्रवेश पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असाेज । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी स्वदेश फर्किएका छन् । उनी केहीबेर अघिमात्रै त्रिभुवन अन्तर्राष्ट्रिय

काठमाडौँ, १० असाेज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत काठमाडौँ क्षेत्र नं.-३ मा युवा नेताहरूले सर्वसम्मतिका नाममा नेतृत्व चयन गर्ने प्रयासको

सिन्धुली, १० असोज। नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनअन्तर्गत सिन्धुली क्षेत्र नं. १ बाट खस आर्य तर्फ प्रदेश महाधिवेशन प्रतिनिधि पदमा

काठमाडौँ, १० असोज । परराष्ट्रमन्त्री शिशिर खनालले विकासशील मुलुकहरूको विश्व आर्थिक शासन व्यवस्थामा आवाज र प्रतिनिधित्व बढाउने गरी अन्तर्राष्ट्रिय वित्तीय संरचनामा