काठमाडौँ, १९ माघ । शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत दाेस्राे खेलमा आज दुई विभागीय टिम त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब प्रतिस्पर्धा गर्दैछन् ।
यी दुईबीचकाे खेल दिउँसाे ३ बजे त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा सुरु हुनेछ । पहिलो खेलमा हिमालयन शेर्पा क्लब र सङ्कटा क्लब प्रतिस्पर्धा गर्दैछन् ।




