काठमाडौँ, १६ माघ । क्रिस्टोफर हेनरी गेल (क्रिस गेल)ले नेपालमा क्रिकेट खेल्न आउने भएका छन् ।
वेष्ट इन्डिजका विष्फोटक ब्याट्सम्यान अनि टि-२० का लिजेण्ड गेल एभरेष्ट प्रिमियर लिग खेल्न नेपाल आउने भएका हुन् । उनले पोखरा राइनोजबाट ईपीएल खेल्ने भएका हुन् ।
बिहिबार पोखरा राइनोजले पत्रकार सम्मेलन गर्दै गेलले खेल्ने जानकारी गराएको हो ।





