सम्झना कप अन्तर्राष्ट्रिय टेबल टेनिस शनिबारबाट हुने

काठमाडौँ, १४ माघ । तेस्रो सम्झना कप खुल्ला अन्तराष्ट्रिय टेबल टेनिस प्रतियोगिता शनिबारबाट हुने भएको छ ।

अखिल नेपाल टेबल टेनिस संघको तत्वाबधान तथा ललितपुर टेबल टेनिस क्लबको आयोजनामा तेस्रो सम्झना कप खुल्ला अन्तर्राष्ट्रिय टेबल टेनिस प्रतियोगिता शनिबारबाट सुरु हुन लागेको हो ।

लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा सञ्चालन हुने प्रतियोगितामा भारत, दक्षिण कोरिया, पाकिस्तान तथा नेपालका ३ विभागीय टोलीसहित टेबल टेनिस संघमा आबद्ध जिल्ला, स्कुल र कलेजका गरी ५ सय २४ खेलाडी सहभागी हुनेछन् ।

ओपन इभेन्टमा प्रथम हुनेलाई ६० हजार रुपैयाँ पुरस्कार, दोस्रो हुनेलाई ३० हजार तथा तेस्रो हुनेले १० हजार रुपैयाँ पुरस्कार पाउनेछ ।

 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असाेज । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी स्वदेश फर्किएका छन् । उनी केहीबेर अघिमात्रै त्रिभुवन अन्तर्राष्ट्रिय

काठमाडौँ, १० असाेज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत काठमाडौँ क्षेत्र नं.-३ मा युवा नेताहरूले सर्वसम्मतिका नाममा नेतृत्व चयन गर्ने प्रयासको

सिन्धुली, १० असोज। नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनअन्तर्गत सिन्धुली क्षेत्र नं. १ बाट खस आर्य तर्फ प्रदेश महाधिवेशन प्रतिनिधि पदमा

काठमाडौँ, १० असोज । परराष्ट्रमन्त्री शिशिर खनालले विकासशील मुलुकहरूको विश्व आर्थिक शासन व्यवस्थामा आवाज र प्रतिनिधित्व बढाउने गरी अन्तर्राष्ट्रिय वित्तीय संरचनामा