काठमाडौँ, १४ माघ । शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत आज दुई वटा खेल हुँदैछ ।
पहिलो खेलमा हिमालयन शेर्पा क्लब र सरस्वती युवा क्लब प्रतिस्पर्धा गर्दैछन् भने दोस्रो खेलमा त्रिभुवन आर्मी क्लब र जावलाखेल युथ क्लब खेल्दै छन् । दुवै खेल सातदोबाटोमा रहेकाे एन्फा कम्प्लेक्सको मैदानमा हुनेछ ।
बिहान साढे ११ बजे हुने पहिलाे खेलमा हिमालयन र सरस्वती खेल्दै छन् । त्यस्तै दिउँसो तीन बजे हुने खेलमा उपाधिको दाबेदार आर्मीले जावलाखेलसँग खेल्दैछ ।





