काठमाडौँ, ८ माघ । एसाेसियाजियाेन स्पाेर्टिभा (एएस) रोमालाई हराउँदै युभेन्टस कोप्पा इटालियाको सेमिफाइनलमा प्रवेश गरेकाे छ ।
युभेन्टसको मैदानमा बुधबार राति भएको खेलमा युभेन्टसले रोमालाई तीन–एक गाेल अन्तरले हरायो । रोड्रिगाे बेन्टानकुरले ३८औँ मिनेटमा र लियोनार्दो बोनुचीले इन्ज्युरी समयमा गोल गर्दा युभेन्टसले पहिलो हाफमै तीन गोलको अग्रता लिएको थियो ।
५०औं मिनेटमा युभेन्टसका गोलकिपर बुफनको आत्मघाती गोलका कारण रोमाले खाता खोल्यो ।





