किक बक्सिङ खेलाडी अविरललाई जापानमा उपाधी

काठमाडौँ, ६ माघ । नेपाली किक बक्सिङ खेलाडी अविरल घिमिरेले टोकियोमा भएको हिट ४६ किक बक्सिङको टाइटल जित्न सफल भएका छन् ।

हिमालयन चितुवा नामले परिचित किक बक्सिङ खेलाडी घिमिरेले टोकियोको नागोयामा भएको भिडन्तमा जापानी च्याम्पियन मुकेवासलाई पहिलो राउण्डमै मुक्का प्रहार गरी मैदानमा ढालेर पहिलो नकाउट हानेका हुन् । २१ वर्षीय अविरल हिट ४६ किक बक्सिङको टाइटल उपाधि जित्ने कान्छा बक्सर हुन् ।

जापानको नागोया शहरमा रहेर किक बक्सिङका व्यवसायीक खेल खेल्दै आएका अविरलले जापानमा नेपालको प्रतिनिधित्व गर्दै १२ खेलमा जित हासिल गरिसकेका छन् । हालसम्म उनले ७ वटा नकाउट र ५ वटामा समान जित हासिल गरि नेपालको झण्डा फराउन सफल भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ असोज । पाँचथरमा आजदेखि रातको समयमा सवारीसाधनको आवागमनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय पाँचथरले सूचना प्रकाशन गर्दै

काठमाडौँ, ८ असोज । बजारमा अम्बाको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार आज अम्बाको

काठमाडौँ, ८ असोज । आधा किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक भारतीय नागरिक पक्राउ परेका छन् । प्रहरीका अनुसार कतारको दोहा

काठमाडौँ, ८ असोज । ललितपुर बागमती गाउँपालिका-३ काल्चेमाल्टामा पहिरो गएपछि कान्ति लोकपथ पूर्णरूपमा बन्द भएको छ । काल्चे माल्टा दोबाटोमा पहिरो