काठमाडौँ, ५ माघ । सशस्त्र प्रहरी बलको ‘नेपाल एपीएफ क्लब’ वीर गणेशमान सिंह स्मृति तेश्रो राष्ट्रिय खुला किक बक्सिङ प्रतियोगितामा च्याम्पियन बनेको छ ।
एपीएफ ५ स्वर्णसहित टिम च्याम्पियन बनेको हो । च्याम्पियन एपीएफले १ लाख नगद पुरस्कार पाएको छ । ललितपुर जिल्ला किक बक्सिङ संघद्वारा आयोजित उक्त प्रतियोगितामा नेपाल आर्मी ३ स्वर्णसाथ दोश्रो भयो । आर्मीले ५० हजार नगद पुरस्कार हात पारेको छ ।
पुरुषमा आर्मीका राजेश चौधरी तथा महिलामा नेपाल प्रहरी क्लबकी रिता ठकुल्ला उत्कृष्ट खेलाडी घोषित भएका छन् । दुवैले जनही २५ हजार नगद पुरस्कार प्राप्त गरे ।






