विद्या संस्कार स्कूलको वार्षिक शैक्षिक प्रदर्शनी

काठमाडौँ, २७ पौष । विद्या संस्कार स्कूलको वार्षिक शैक्षिक प्रदर्शनी शनिबार सम्पन्न भएको छ ।

प्रदर्शनीमा विभिन्न शैक्षिक तथा अतिरिक्त क्रियाकलाप सम्बन्धी सामग्री, विज्ञान तथा प्रविधि अन्तर्गतका विविध उपकरण, विद्या संस्कार स्काउट ट्रुपद्वारा मनोरञ्जनात्मक तथा साहसिक खेलको प्रदर्शन गरिनुका साथै विद्यालयका विद्यार्थीहरुद्वारा मञ्चमा गायन, सङ्गीत तथा नृत्यको प्रदर्शन गरेका थिए ।

गोकर्णेश्वर नगरपालिका वडा नं ८ अत्तरखेलस्थित विद्यालय प्राङ्गणमा भएको उक्त प्रदर्शनीको विद्यालयका संस्थापक निर्देशक तथा प्रधानाध्यापक डा.सुधीर कुमार झा, प्रवन्ध निर्देशक प्रमिता विष्ट तथा निर्देशक समितिका सदस्यहरू राजेश अधिकारी र सुरेश अधिकारीले संयुक्तरूपमा उद्घाटन गर्नु भएको थियो ।

प्रदर्शनीमा विद्यालयका अभिभावक, विद्यार्थी, पूर्व विद्यार्थी लगायत अन्य शुभचिन्तकहरूको बाक्लो उपस्थिति रहेको थियो । उक्त अवसरमा उपस्थित अभिभावकहरुले विद्यालयले आयोजना गरेको प्रदर्शनीले विद्यार्थीहरूको सिकाई उपलब्धिमा उल्लेखनीय भूमिका खेल्ने प्रतिक्रिया दिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ असोज । रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै गएको छ । नेपाल

काठमाडौँ, ५ असोज । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । संसद् सचिवालयका अपराह्न १

काठमाडौँ, ४ असाेज । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पत्रकारले प्रश्न सोध्दा पत्रकारिताको मर्यादा र अभ्यासलाई ध्यान दिनुपर्ने

काठमाडौँ, ४ असाेज । संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ अधिवेशनमा नेपालको प्रतिनिधित्व गर्दै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सम्बोधन गर्ने तय भएको छ