मंगलबारबाट बास्केटबल लिग थ्रि बाई थ्रि वेष्ट सुरु हुने

काठमाडौँ, २५ पौष । नेपाल बास्केटबल लिग थ्रि बाई थ्रि वेष्ट आगामी मंगलबारबाट सुरु हुने भएको छ ।

नेपाल बास्केटबल लिग प्राइभेट कम्पनीको आयोजना तथा खेलकुद साम्रगी निमार्ण कम्पनी लिनिङको प्रायोजन र विपन्न बालबालिका खेलकुद नेपाल (पिडिसियन)को सहयोगमा नेपाल बास्केटबल लिग थ्रि बाई थ्रि वेष्ट मंगलबारबाट सुरु हुन लागेको हो ।

उक्त प्रतियोगिता तिन शहर पोखरा, बुटबल र धनगढीमा सञ्‍चालन हुनेछ । कम्तीमा २० टोली सहभागि हुने पोखरा लेग आगामी मंगलबार र बुधबार चल्नेछ । माघ ४ गते बुटवलमा संचालन हुने लेगमा १४ टोलीको सहभागिता रहने आयोजकले जनाएको छ ।

माघ ६ गते धनगढीमा हुनेछ । तिनै शहरका फाइनल प्रवेश गर्ने टोली धनगढीमा हुने फाइनलमा प्रतिस्पर्धा गर्नेछन् । फाइनल माघ ८ र ९ गते हुनेछ । उपाधि विजेता टोलीले ५० हजार र उपविजेता टोलीले २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ असोज । २०औं एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटतर्फका खेलहरू आजदेखि सुरु भएका छन् । जापानको आइचीस्थित निशिनमा रहेको कोरोगी

काठमाडौँ, ६ असोज । काठमाडौँको बौद्ध स्थित महेन्द्र माध्यमिक विद्यालयका एक सय ५० जनाभन्दा बढी छात्रालाई महिला हिंसाविरुद्ध आत्मरक्षा तथा

काठमाडौँ, ३ असोज । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले खेलाडी राष्ट्रका गौरव र गहना भएको बताउँदै स्थानीय तहबाटै खेलाडीको

काठमाडौँ, ३० भदौ । एसियन गेम्स क्रिकेट प्रतियोगिता खेल्ने नेपाली टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आज दीपेन्द्र