ए डिभिजन लिग फुटबलमा संकटाको दोस्रो जित

काठमाडौँ, २४ पौष । शहिद स्मारक ए डिभिजन लिग फुटबलमा संकटा क्लबले दोस्रो जित निकालेको छ ।

आज त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा विभागीय टिम एपीएफ क्लबलाई ४–२ ले पराजित गर्दै संकटाले लिगमा दोस्रो जित निकालेको हो ।

संकटाका लागि अजयी मार्टिनले दुई, लक्ष्मण रुचाल र कर्ण लिम्बुले एक एक गोल गरे । यस्तै एपीएफका लागि नबिन लामा र आशिष लामाले एक एक गोल गरे ।

खेलमा संकटाका मार्टिन म्यान अफ दि म्याच चुनिए । जितसँगै संकटा ५ खेलबाट ७ अंक जोड्दै लिगको सातौं स्थानमा उक्लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ असोज । २०औं एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटतर्फका खेलहरू आजदेखि सुरु भएका छन् । जापानको आइचीस्थित निशिनमा रहेको कोरोगी

काठमाडौँ, ६ असोज । काठमाडौँको बौद्ध स्थित महेन्द्र माध्यमिक विद्यालयका एक सय ५० जनाभन्दा बढी छात्रालाई महिला हिंसाविरुद्ध आत्मरक्षा तथा

काठमाडौँ, ३ असोज । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले खेलाडी राष्ट्रका गौरव र गहना भएको बताउँदै स्थानीय तहबाटै खेलाडीको

काठमाडौँ, ३० भदौ । एसियन गेम्स क्रिकेट प्रतियोगिता खेल्ने नेपाली टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आज दीपेन्द्र