काठमाडौँ, २२ पौष । हिमालयन शेर्पा क्लब र फ्रेन्ड्स क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा बराबरी खेल्दै अंक बाडेका छन् ।
आज त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा शेर्पा र फ्रेन्ड्सले एक–एक अंकमा चित्त बुझाएका छन् । शेर्पाका उल्रिच सिवे म्यान अफ दि म्याच भए । उनले १० हजार रुपैयाँ पुरस्कार पाए ।
लिगमा तेस्रो बराबरी खेलेको शेर्पाको पाँच खेलबाट ३ अंक छ । समान खेलमा तीन हार र दुई बराबरी खेलेको फ्रेन्ड्सको दुई अंक छ ।





