मनाङ र मच्छिन्द्रका खेलाडीबीच मुक्कामुक्की

काठमाडौँ, २१ पौष । शहीद स्मारक ए भिडिजन लिग फुटबलमा सोमबार मनाङ मस्र्याङ्दी र मच्छिन्द्र क्लबका खेलाडीबीच मुक्कामुक्की भएको छ ।

दशरथ रंगशालामा आज  भएको खेलमा पहिलो हाफको दोस्रो मिनेटमै मनाङले जसरी अप्रत्यासित रुपमा अग्रता लियो, मच्छिन्द्रले पनि दोस्रो हाफको पहिलो मिनेटमा नै बराबरी गोल फर्कायो ।

खेलको ८१ औं मिनेटमा मच्छिन्द्रले २(१ को अग्रता बनायो तर निर्धारित समय सकिनै लाग्दा जोगाउन सकेन । रेफ्रीले खेल सकिएको जनाउ दिने सिठ्ठी फुके र खेल २-२- गोलको बाराबरीमा । तर दुई टिमको लडाइँ सकिएको रहेनछ । त्यसैले दुबै टिमका खेलाडी आपसमा झगडा गर्न थाले ।

मछिन्द्रका देवेन्द्र तामाङलाई सम्हाल्न खेलाडी तथा अफिसियललाई हम्मेहम्मे परेको थियो । त्यसक्रममा मनाङका अशोक बरालले रातो कार्ड समेत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असाेज । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी स्वदेश फर्किएका छन् । उनी केहीबेर अघिमात्रै त्रिभुवन अन्तर्राष्ट्रिय

काठमाडौँ, १० असाेज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत काठमाडौँ क्षेत्र नं.-३ मा युवा नेताहरूले सर्वसम्मतिका नाममा नेतृत्व चयन गर्ने प्रयासको

सिन्धुली, १० असोज। नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनअन्तर्गत सिन्धुली क्षेत्र नं. १ बाट खस आर्य तर्फ प्रदेश महाधिवेशन प्रतिनिधि पदमा

काठमाडौँ, १० असोज । परराष्ट्रमन्त्री शिशिर खनालले विकासशील मुलुकहरूको विश्व आर्थिक शासन व्यवस्थामा आवाज र प्रतिनिधित्व बढाउने गरी अन्तर्राष्ट्रिय वित्तीय संरचनामा