हसिम अमला ईपीएल खेल्न आउन तयार

काठमाडौँ, १८ पौष । दक्षिण अफ्रिका क्रिकेटका ओपनर ब्याट्सम्यान हसिम अमला नेपाली फ्रेन्चाइज क्रिकेट लिग एभरेष्ट प्रिमियर लिग (ईपीएल) खेल्न आउन तयार भएका छन् ।  ईपीएलको फ्रेन्चाइज टिमले अनुबन्ध गरेमा प्रतियोगिताका लागि दक्षिण अफ्रिका क्रिकेटका पूर्व कप्तान अमला नेपाल आउँन तयार भएका छन् ।

अमला कुन टिमबाट ईपीएल खेल्ने भन्नेबारे भने अहिले तय भएको छैन् । उनलाई नेपाली ईपीएलका टोलीहरु अनुबन्धन गर्न तयार पनि रहेका छन् ।

ईपीएलको आयोजकले गत संस्करणको ईपीएल पछिका अन्य नेपाली घरेलु प्रतियोगिता खेलेका विदेशी खेलाडीले यस संस्करणको ईपीएल खेल्न नपाउने नयाँ प्रावधान बनाएपछि खेलाडी आउने तयारी भएको हो । ईपीएल चैत १ देखि १५ गतेसम्म काठमाडौंमा संचालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ असोज । पाँचथरमा आजदेखि रातको समयमा सवारीसाधनको आवागमनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय पाँचथरले सूचना प्रकाशन गर्दै

काठमाडौँ, ८ असोज । बजारमा अम्बाको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार आज अम्बाको

काठमाडौँ, ८ असोज । आधा किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक भारतीय नागरिक पक्राउ परेका छन् । प्रहरीका अनुसार कतारको दोहा

काठमाडौँ, ८ असोज । ललितपुर बागमती गाउँपालिका-३ काल्चेमाल्टामा पहिरो गएपछि कान्ति लोकपथ पूर्णरूपमा बन्द भएको छ । काल्चे माल्टा दोबाटोमा पहिरो