ए डिभिजन लिगको खेल दुई दिन पछि सर्‍यो

काठमाडौँ, १८ पौष । वर्षाका कारण शहीद स्मारक ए डिभिजन लिगका शनिबार र आइतबारका खेल स्थगित भएका छन् ।

शुक्रबार काठमाडौँमा पानी परेपछि मौसम खराब भएको र दशरथ रंगशालाको अवस्था खेल खेलाउन मिल्ने नभएका कारण स्थगित गरेको हो । एन्फाको लिग कमिटीको शुक्रबार बसेको बैठकले लिग दुई दिन पछि सार्ने निर्णय गरेको हो ।

लिगका बाँकी खेल दुई दिन पछाडि सारिएको अखिल नेपाल फुटबल संघका लिग निर्देशक सञ्जीव मिश्रले जानकारी दिए । अब शनिबार तय भएको मनाङ मर्स्याङ्दी र मछिन्द्र क्लब तथा जावलाखेल र एनआरटीबीचको खेल सोमबार हुनेछ । त्यसपछि हरेक दिनको खेल दुई दिन पछि हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ असोज । पाँचथरमा आजदेखि रातको समयमा सवारीसाधनको आवागमनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय पाँचथरले सूचना प्रकाशन गर्दै

काठमाडौँ, ८ असोज । बजारमा अम्बाको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार आज अम्बाको

काठमाडौँ, ८ असोज । आधा किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक भारतीय नागरिक पक्राउ परेका छन् । प्रहरीका अनुसार कतारको दोहा

काठमाडौँ, ८ असोज । ललितपुर बागमती गाउँपालिका-३ काल्चेमाल्टामा पहिरो गएपछि कान्ति लोकपथ पूर्णरूपमा बन्द भएको छ । काल्चे माल्टा दोबाटोमा पहिरो