काठमाडौँ, १२ पौष । शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज तेस्रो चरणको अन्तिम खेल हुँदैछ ।
दिउँसो ३ बजे दशरथ रंगशालामा हुने खेलमा थ्री स्टार क्लब र एपीएफ भिड्नेछन् । २ खेलबाट ४ अंक रहेको थ्री स्टार अंकतालिकामा छैटौं स्थानमा छ भने १ अंक मात्र रहेको एपीएफ पछारबाट तेस्रो अर्थात १२औं स्थानमा छ ।
आजको खेलमा विजयी भए थ्री स्टार दोस्रो स्थानमा उक्लनेछ ।






