दुई करोड नेपाली इन्टरनेटकाे पहुँचमा

काठमाडौँ, ११ पौष । नेपालमा विभिन्न सेवाप्रदायकमार्फत दिइएको इन्टरनेट सेवा प्रयोगकर्ताको संख्या दुई करोड पुगेको छ । नेपाल दूरसञ्चार प्राधिकरण (एनटीए)ले गत साता सार्वजनिक गरेको एक तथ्यांकअनुसार हालसम्म नेपालमा सिमकार्ड तथा टेलिफोन प्रयोगकर्ता चार करोड २२ लाख ८६ हजार नौ सय छ ।

मोबाइल सिमकार्ड प्रयोगकर्तामध्ये करिब ७५ प्रतिशतमात्रै सक्रिय रहेको अनुमान प्राधिकरणको छ । यस अनुसार हाल चार करोड १४ लाख प्रयोगकर्ता मोबाइलका छन् । यसमा सक्रिय प्रयोगकर्ता तीन करोड मात्रै रहेको र बाँकी करिब एक करोड सिमकार्ड प्रयोगबिहीन अर्थात निष्कृय रहेको उल्लेख छ । प्राधिकरणका अनुसार सक्रिय प्रायोगकर्तामध्ये मोबाइल इन्टरनेट सञ्चालन हुने भएकाले हाल नेपालमा मोबाइल डेटा प्रयोगकर्ताको हिस्सा उल्लेख्य छ । मोबाइल तथा ताररहित इन्टरनेट प्रयोग गर्ने उपभोक्ताको कुल बजार ७० प्रतिशत पुगेको छ ।

केन्द्रीय तथ्यांक विभागको हालको अनुमानित दुई करोड ९५ लाख १४ हजार सात सयको जनसंख्यालाई आधार बनाएर प्राधिकरणले तयार पारेको असोजसम्म तथ्यांकअनुसार इन्टरनेटमा सबैभन्दा ठूलो हिस्सा मोबाइलको छ । करिब ५५ प्रतिशत इन्टरनेट प्रयोग मोबाइलबाटै हुने गरेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ । यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ असोज । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ५ हजार रुपैयाँले

काठमाडौँ, १२ असोज । एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को गभर्नर परिषद्को ११औँ वार्षिक बैठकमा सहभागी हुन दोहा पुग्नुभएका अर्थमन्त्री

काठमाडौँ, १२ असोज । काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४२२.५ ग्राम सुनजस्तो देखिने पहेँलो धातुसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन्

काठमाडौँ, १२ असोज । वर्षा रोकिएको २४ घण्टाको अवधिमा नारायणी नदीमा पानीको सतह स्वात्तै घटेको छ । आज बिहान साढे ६