फिजम कप बास्केटबलमा ग्रामर छात्रतर्फ पहिलो र छात्रातर्फ दोस्रो

काठमाडौँ, १० पौष । संस्थागत विद्यालय सञ्चालकहरुको मञ्च (फिजम) को आयोजनामा भएको चौथो अन्तरविद्यालय बास्केटवल प्रतियोगितामा छात्रतर्फ ग्रामर पब्लिक स्कुल कोटेश्वर पहिलो भएको छ भने छात्रातर्फ ग्रामर स्कुल टीमले दोस्रोमै चित्त बुझाउनुपरेको छ ।

गोठाटारस्थित मोनास्टिक पव्लिक स्कुल हातामा सम्पन्न उक्त प्रतियोगिताका विजयीहरुलाई फिजमका उपाध्यक्ष अमृतकुमार खड्का लगायतले ट्रफि, पदक र प्रमाणपत्र बाँडेका थिए ।

फिजमको सदस्य रहेका विद्यालयका छात्रतर्फ १५ र छात्रातर्फ १४ गरि २९ टीमले भाग लिएको उक्त प्रतियोगितामा ग्रामर स्कुलको छात्र टोलीले हिमालय स्कुल टीम कोटेश्वरलाई हराएको थियो भने छात्रातर्फको टीममा न्यू भिजन एकेडेमीसंग ग्रामर स्कुल टीम पराजित भएको थियो ।

प्रतियोगितामा छात्रतर्फ हिमालय स्कुल दोस्रो, जेनियम नेशनल एकेडेमी तेस्रो र हेब्रोन स्कुल चौथो भएको थियो । छात्रातर्फ न्यू भिजन एकेडेमी पहिलो, ग्रामर स्कुल दोस्रो, जेनियम नेशनल एकेडेमी तेस्रो र हिमालय स्कुल चौथो भएको थियो । लिग कम नकआउटको आधारमा सो खेल खेलाईएको थियो ।

प्रतियोगितामा ग्रामर स्कुलकी रञ्जना वाइवा हिमालय स्कुलका प्रनुप स्याङ्गवोले सर्वाधिक स्कोरकर्ताको पुरस्कार पाए । यसैगरि बेस्ट ग्रुप भिजनले छात्रातर्फको फेयर प्ले र मोनास्टिकले छात्रतर्फको फेयर प्ले पुरस्कार पाए ।

बास्केटबल विजयी ग्रामर पव्लिक स्कुलको टीम र खेलाडीलाई ग्रामर स्कुलको प्रार्थना सभामा आयोजित कार्यक्रममा विद्यालयका संस्थापक प्रिन्सिपल राजकुमार राई, भाइस प्रिन्सिपल सुर्दशन पाण्डे, अतिरिक्त कृयाकलाप संयोजक पासाङ्ग नामगेल घिसिङ्गलगायतले वधाई दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ असोज । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले बढेको छ । आज बजार बन्द हुँदासम्म नेप्से

काठमाडौँ, ८ असोज । पाँचथरमा आजदेखि रातको समयमा सवारीसाधनको आवागमनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय पाँचथरले सूचना प्रकाशन गर्दै

काठमाडौँ, ८ असोज । तामाका भाँडा चोरी गरेको आरोपमा तीन जना कीर्तिपुरबाट पक्राउ परेका छन् । प्रहरी वृत्त कीर्तिपुरका अनुसार पक्राउ

काठमाडौँ, ८ असोज । आधा किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक भारतीय नागरिक पक्राउ परेका छन् । प्रहरीका अनुसार कतारको दोहा