नुवाकोट, ६ पौष । नुवाकोटमा मिनी ट्रक पल्टिँदा २ जनाको मृत्यु भएको छ भने चालक सहित ६ जना घाइते भएका छन् ।
आइतबार बिहान विदुर नगरपालिका-६ मन्थलामा बा २ क ७९१० नम्बरको मिनीट्रक सडकबाट करिब एक सय मीटर तल खस्दा मिनी ट्रकमा पछाडी सवार रसुवाका १८ वर्षीय सुदिप तामाङ र खोटाङका १९ वर्षीय अविरल तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
घाइते ६ जनामध्ये दुई जनालाई काठमाडौं ‘रिफर’ गरिएको र चारजनाको त्रिशूली अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।





