काठमाडौँ, २ पौष । मनाङ मस्याङ्दी क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा विभागीय टोली नेपाल एपीएफ क्लबलाई २–० गोलले हराएको छ ।
दशरथ रंगशालामा बुधबार भएको खेलमा मनाङको जितमा विमल राना नायक बने । दुई गोल गरेका विमलले २८औं मिनेटमा खाता खोलेका थिए ।
खेलको म्यान अफ दी म्याच भएका उनले १० हजार रुपैयाँ पुरस्कार पाए । जितसँगै मनाङले तीन अंक बनाएको छ ।





