प्रहरी पेसा मात्र होइन सेवा पनि हो : आईजीपी खनाल

काठमाडौँ, २७ मंसिर । प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले नेपाल प्रहरी पेसा मात्र नभई सेवा पनि रहेको बताएका छन् ।

आज प्रहरी तालिम केन्द्र महाराजगञ्जमा आयोजित प्रहरी निरीक्षक आधारभूत तालिम ब्याच नम्बर १७९को दिक्षान्त समारोहलाई सम्बोधन गर्दै आईजीपी खनालले भने, ‘प्रहरी पेसा मात्र होइन सेवा पनि हो । त्यसैले बर्दीमा दाग लगाए त्यो सैह्य हुन्न । राष्ट्रले सुम्पिएका जुनसुकै जिम्मेवारीलाई प्रहरीले कुशलतापूर्वक निर्वाह गर्दै आएको छ,’ यस्तो गौरवमय सङ्गठनको सदस्य हुन पाउनु आफैमा सम्मानको विषय हो ।’

मातृभूमिको माटो छोएर लिएको सपथ अनैतिक कार्य गर्ने र गैरव्यवसाय आचरणविरुद्ध उभिने आत्मविश्वास बनाउनुपर्ने बताउदै उनले भने, ‘राष्ट्रको सिन्दुर शिरमा पहिरिएर मातृभूमिको माटो छोएर लिएको सपथ राष्ट्रहितको लागि हो । यो देशका नागरिकको सेवाको लागि हो ।’

प्रहरीको इतिहास अध्ययन गरेर आगामी दिनमा अघि बढ्न समेत तालिम सकेर कार्यस्थल जान लागेका प्रहरी निरीक्षक (इन्सपेक्टर)हरूलाई आईजीपी खनालले आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ वैशाख । कप्तान रोहितकुमार पौडेलको अर्धशतकका बाबजुद ट्वान्टी–२० शृंखलाको दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सँग नेपाल १० रनले पराजित

काठमाडौँ, १६ वैशाख । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज वेस्ट इन्डिजको ‘ए’ टोलीसँग  मैत्रीपूर्ण टी–२० प्रतियोगिताको दोस्रो खेल खेल्दै छ

काठमाडौँ, १५ वैशाख । कप्तान रोहित पौडेलको शतकमा नेपालले पहिलो टी२० खेलमा वेस्टइन्डिज ए लाई ४ विकेटले हराएको छ । २

काठमाडौँ, १५ वैशाख । वेस्ट इन्डिज ‘ए’ विरुद्धको पहिलो खेलमा कप्तान रोहित पौडेलले अर्धशतक बनाएका छन् । उनले २८ बलमा