काठमाडौँ, २७ मंसिर । नेपालको निलो र जापानको जे लिग खेल्ने मिस्रित टिमबीच आज काठमाडौँमा मैत्रीपूर्ण फुटबल खेल हुँदैछ ।
दशरथ रंगशालामा दिउँसो ३ बजेपछि मैत्रीपूर्ण खेल सुरु हुने छ । जापान फुटबल संघको सहयोगमा आएको टिमले गएको संस्करणको ‘ए’ डिभिजन लिग विजेता मनाङ मर्स्याङ्दी क्लबसँग पनि मैत्रीपूर्ण फुटबल खेल्ने छ ।
यस्तै नेपाल निलो र जापानी टोलीबीचको खेलका लागि रंगशालामा टिकट पनि तोकिएको छ । साधारणतर्फ ५ सय र भीआईपीतर्फ १ हजार रुपैयाँको टिकट तय गरिएको छ ।





