काठमाडौँ, २४ मंसिर । १३औं दक्षिण एसियाली खेलकुद (साग)मा बक्सिङका सनिल साहीले स्वर्ण पदक जितेका छन् ।
आज लगनखेलस्थित नेपाली सेनाको शारीरिक तालिम तथा खेलकुद केन्द्रमा भएको ६० केजी तौल समूहको फाइनलमा सनिलले भारतका भिरेन्दर सिंहलाई हराउदै उक्त स्वर्ण पदक जितेका हुन् ।
यससँगै सागमा नेपालको स्वर्ण संख्या ५० पुगेको छ ।





