काठमाडौँ, २३ मंसिर । १३औैं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत आज १३ खेल हुँदैछन् ।
आज क्रिकेट, फुटबल, जुडो, पौडी, सुटिङ,स्क्वास, टेनिस आर्चरी, बास्केटबल, बक्सिङ, फेन्सीङ र कुस्तीमा प्रतिस्पर्धा हुदैँछ । कुस्ती खेल जनकपुरमा हुने छ भने महिला फुटबलको फाइनल पोखरा रंगशालामा हुने छ ।
महिला फुटबलको स्वर्ण पदकका लागि नेपाल र भारत भिड्ने छन् । बास्केटबलमा आज सेमिफाइनलको खेल हुँदै छ । सेमिफाइनलमा नेपाल र भारत तथा श्रीलंका र बंगलादेशले खेल्ने छन् ।






