आफैँले पालेको कुकुरले चाट्दा मालिकको मृत्यु

एजेन्सी । आफैले पालेको कुकुरले चाटेपछि जर्मनीका ६३ वर्षीय वृद्धको मृत्यु भएको छ ।

कुकुरले चाटेका कारण उनलाई दुर्लभ किसिमको संक्रमण भएको र उनको मृत्युपछि घर पालुवा जनावरका मालिकलाई फ्लू लागेको जस्तो वा अचम्म खालको लक्षण देखिए तुरुन्त स्वास्थयकर्मीको सहयोग लिन डाक्टरले आग्रह गरेका छन् ।

कुकुरले चाट्नुअघि निकै स्वस्थ रहेका ती वृद्धलाई कुकुर र बिरालोको मुखमा हुने क्यापनोसिटोफ्यागा क्यानिमोर्सस नामक ब्याक्टेरियाका कारण संक्रमण भएको रिपोर्टमा उल्लेख छ । यो मानिसमा निकै विरलै सर्ने गर्छ ।

उक्त ब्याक्टेरिया टोकेको खण्डमा सर्ने गर्छ तर ती वृद्धालाई भने कुकुरले टोकेको थिएन । ‘उनलाई कुकुरले छोएको र चाटेको मात्रै थियो, टोकेको थिएन,’ जर्मनीको ब्रेमेनस्थित रेडक्रस हस्पिटलका डाक्टरले प्रकाशित गरेको पत्रमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ भदाै । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो मोबाइल बैंकिङ एप ‘ग्लोबल स्मार्ट प्लस’ मार्फत ग्राहकहरूलाई प्रधानमन्त्री दैवी प्रकोप

काठमाडौँ, १२ भदौ । प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक बाेलाएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सिंहदरबारमा आज बिहान ११

काठमाडाैँ, १२ भदौ ।  प्राकृतिक विपद्का कारण विद्यार्थी, अभिभावक तथा आम नागरिकको जनजीवन प्रभावित भएको भन्दै सरकारले भदौ १३ गतेदेखि सञ्चालन

काठमाडाैँ, १२ भदौ ।  संयुक्त अरब इमिरेट्स (यूएई)ले नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकका लागि १ करोड अमेरिकी