श्रीलङ्काका पूर्व स्पीनर मुरलीधरण बने उत्तरी प्रान्तका गभर्नर

एजेन्सी, १२ मंसिर । श्रीलङ्काका पूर्व स्पीनर मुथैया मुरलीधरणले राजनीतिमा पहिलो इनिङको सुरुवात गर्न गइरहेका छन् ।

उनलाई श्रीलङ्काको उत्तरी प्रान्तको गर्भनर नियुक्त गरिएको छ । बुधबार सार्वजनिक मिडिया रिपोर्टका अनुसार श्रीलङ्काका राष्ट्रपति गोतबाया राजपक्षेले मुरलीधरणलाई व्यक्तिगत रुपमा आमन्त्रण गर्दै यो प्रस्ताव गरेका थिए ।

४७ वर्षीय पूर्व क्रिकेटरको नाममा १ सय ३३ टेस्टमा सबैभन्दा धेरै ८ सय विकेट लिएको किर्तिमान रहेको छ । सन् २०१० मा उनले टेस्ट क्रिकेटबाट सन्यास लिएका थिए ।

 राष्ट्रपति गोतबायाले मुरलीधरणका साथै अनुराधा यहमपथलाई पूर्वी प्रान्तको गर्भनर र तिस्स वितरणालाई उत्तर मध्य प्रान्तको गर्भनर बनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ असोज । कैलालीमा छुट्टाछुट्टै स्थानमा दुई जना पुरुष मृत फेला परेका छन् । मंगलबार छुट्टाछुट्टै स्थानमा दुई जना मृत

काठमाडौँ, ७ असोज । बाँकेको नेपालगञ्जमा प्रहरीले हवाई फायर गरी लागूऔषध खैरो हेरोइनसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । भारतको

काठमाडौँ, ७ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, ७ असोज । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको