सन्दीपले खेल्ने ‘द हन्ड्रेड’को खेल तालिका सार्वजनिक

एजेन्सी, १० मंसिर । नेपालका लेग स्पिनर सन्दीप लामिछानेले खेल्ने ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।

मंगलबार सार्वजनिक भएको इङ्ल्यान्डड र वेल्समा सन् २०२० को १७ जुलाई देखि १५ अगस्टसम्म आयोजना हुने प्रतियोगितामा सन्दीपले ओभल इन्भेन्सीबल्सबाट खेल्ने छन् ।

एकसय बलको हुने ‘द हन्ड्रेड’ मा पहिलो खेल सन्दीप आबद्ध टोली ओभलले वेल्स फाएरसँग जुलाई १७ मा खेल्नेछ । दोस्रो खेल ओभलले म्यानचेस्टर ओरिजिन्लससँग जुलाई २५, जुलाई २६ मा साउदर्न ब्रेभ, २९ मा लन्डन स्प्रिट, अगस्ट २ मा ट्रेन्ट रकेट्स, अगस्ट ६ मा लन्डन स्प्रिट र अन्तिम खेल अगस्ट ११ मा बर्मिङ्घम फोनेक्ससँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ असोज । गृह मन्त्रालयले मातहतका ५५ शाखा अधिकृतको सरुवा गरेको छ । यही असोज ८ गतेको निर्णयबाट मन्त्रालयले ५५

काठमाडौँ, ९ असोज । नेपाली कांग्रेसले असोज १३ भित्र पालिका अधिवेशन गरिसक्न मातहतका समितिलाई निर्देशन दिएको छ। हालसम्म ६६ जिल्लाका ६३०

काठमाडौँ, ९ असोज । परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त अधिराज्य बेलायतका अन्तरराष्ट्रिय विकाससम्बन्धी राज्यमन्त्री क्रिस्टी म्याकनिलबीच भेटवार्ता भएको छ । संयुक्त

सुर्खेत, ९ असोज । नेकपा (एमाले) दैलेखका एक दर्जन नेता तथा कार्यकर्ता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन् ।