१३ औँ सागको आठ खेलमा ६६२ खेलाडी सहभागी हुने

काठमाडौँ, ७ मंसिर । आगामी १३ औँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गतको आठ खेलमा ६६२ खेलाडी सहभागी हुने भएका छन् ।

पोखरामा मङ्सिर १५ गते देखि २४ सम्म आयोजना हुने सागमा २७ खेल समावेश गरिए पनि नेपालबाहेक अन्य देशबाट खेलाडी दर्ता नहुँदा प्याराग्लाइडिङ प्रतियोगिता नहुने भएको छ ।

जम्मा २६ खेलमध्ये पोखरामा हुने आठ खेलका लागि सार्क राष्ट्रबाट महिला ४०१ र पुरुष २६१ जनाको सहभागिता रहने साग पोखरा प्रचारप्रसार संयोजक केशव पाठकले जनाएका छन ।

प्रतियोगितामा १७२ अफिसियल सहभागी हुँदैछन् । आयोजक नेपालको आठवटै खेलमा सहभागिता रहने छ जसमा ५२ पुरुष र १०२ महिला तथा ३० अफिसियल सहभागी हुँदैछन् ।

पाँच खेलमा महिला ६१ र पुरुष २६ खेलाडी तथा २९ अफिसियलको सहभागिता रहेको छ । भारतले आर्चरी र क्रिकेटबाहेकका प्रतियोगितामा सहभागिता जनाउँदैछ । भारतबाट ४१ पुरुष र ६१ महिला सहभागी हुँदैछन् ।

बङ्गलादेशबाट छ खेलका लागि पुरुष ४४, महिला ५५ र ३० अफिसियल रहेका छन् । पाकिस्तानले महिला फुटबल, महिला क्रिकेट र ट्रायथोलनबाहेकका प्रतियोगितामा पुरुष ३८, महिला ३५ र अफिसियल २१ सहभागी गराउँदैछ ।

श्रीलङ्काले आठवटै प्रतियोगितामा पुरुष ४६, महिला ८१ र अफिसियल ३३ जनाको सहभागिता जनाउनेछ । भुटानबाट चार खेलका लागि पुरुष १४, महिला छ र अफिसियल चार गरी २४ मात्र सहभागी हुँदैछन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ असोज । गृह मन्त्रालयले मातहतका ५५ शाखा अधिकृतको सरुवा गरेको छ । यही असोज ८ गतेको निर्णयबाट मन्त्रालयले ५५

काठमाडौँ, ९ असोज । नेपाली कांग्रेसले असोज १३ भित्र पालिका अधिवेशन गरिसक्न मातहतका समितिलाई निर्देशन दिएको छ। हालसम्म ६६ जिल्लाका ६३०

काठमाडौँ, ९ असोज । परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त अधिराज्य बेलायतका अन्तरराष्ट्रिय विकाससम्बन्धी राज्यमन्त्री क्रिस्टी म्याकनिलबीच भेटवार्ता भएको छ । संयुक्त

सुर्खेत, ९ असोज । नेकपा (एमाले) दैलेखका एक दर्जन नेता तथा कार्यकर्ता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन् ।