बैतडी, ३ मंसिर । बैतडीमा बिडिसिए कप क्रिकेट प्रतियोगिताको १९औँ संस्करण यही मंसिर ५ गतेदेखि सुरु हुने भएको छ ।
बैतडी जिल्ला क्रिकेट संघको आयोजनामा हुने प्रतियोगितामा जिल्लाका २० टोलीको सहभागिता रहने भएको छ । मंसिर १४ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको प्रथम पुरस्कार ३० हजार, द्वितीय पुरस्कार २० हजार रहेको बैतडी जिल्ला क्रिकेट संघले जनाएको छ ।
यस्तै, प्रतियोगिताका उत्कृष्ट खेलाडीले ५ हजार पुरस्कार पाउनेछ भने उत्कृष्ट बलर र उत्कृष्ट ब्याट्सम्यानलाई ट्रफी प्रदान गरिने भएको छ । बैतडी जिल्ला क्रिकेट संघले विस २०५८ सालदेखि निरन्तर रूपमा बिडिसिए कप क्रिकेट प्रतियोगिता गर्दै आएको छ ।





